NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा द्वितीया - १७

परिचय

बर्तमान सङ्घीय संरचना अनुसार कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत रहेको यस कार्यालय बिगतको जिल्ला स्वास्थ्य कार्यालयको रुपान्तरितरुपमा स्वास्थ्य सेवा भित्रका स्वास्थ्य प्रबद्धर्न सेवा, प्रतिरोधात्मक सेवा, उपचारात्मक सेवा र पुनर्स्थापनात्मक सेवाको समन्वयकारी भुमिका निर्वाह गर्ने जिल्ला स्तरीय कार्यालय हो ।

स्वास्थ्य कार्यालयका प्रमुख कार्यहरु

१. प्रदेश अन्तरगत स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजिकरण, सहयोग एवं तोकिए बमोजिम प्रदेशको निर्देशन भए अनुसारको कार्यान्वयन गर्ने ।

२. कार्याक्षेत्र भित्रका जिल्लाहरु तथा स्थानीय स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने खोप, अत्यावश्यक तथा गुणस्तर एवं संबेदनशिल औषधी तथा स्वास्थ्य सामाग्रीहरु भण्डारण तथा बितरणको योजना तय गरी कार्यान्वयन गर्ने ।

३. जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र बिपद महामारी व्यवस्थापन, सहजिकरण र समन्वय गर्ने ।

४. जनस्वास्थ्य अभियान सञ्चालन तथा सहयोग, सहजिकरण र समन्वय गर्ने ।

५. स्थानीय सरकार र स्वास्थ्य निकायहरु बिच समन्वय गर्ने ।

६. एकीकृत स्वास्थ्य सूचना विश्लेषण अध्ययन गरी सो अनुसार योजना बनाउने एवं स्थानीय तहमा सहजिकरण तथा पृष्ठपोषण गर्ने ।

७. स्वास्थ्य सेवाको पहुँच, उपयोग र बृद्धि गर्न आवश्यक योजना बनाउने एवं स्थानीय तहमा सहजिकरण तथा पृष्ठपोषण गर्ने ।

८. सरकारी, निजी, सहकारीद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरु, कर्मचारीहरुको सुपरिवेक्षण, अनुगमन, नियमन तथा गुणस्तर सम्बन्धी कार्य गर्ने ।

९. संस्थागत तथा जनशक्तिको प्रविधिक क्षमता अभिबृद्धि गर्ने ।

१०. प्रादेशिक बिशेष स्वास्थ्य एवं नियमित कार्यक्रमहरु (क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, परिवार नियोजन मातृ तथा शिशु स्वास्थ्य, सामाजिक सुरक्षा, बिमा, विशेषज्ञ स्वास्थ्य शिविर लगायत हात्तीपाइले, पोषण, दादुरा खोप लगायत अन्य विशेष कार्यक्रमहरु) को सञ्चालन समन्वय र सहजिकरण गर्ने ।

११. वातावरणीय स्वास्थ्य खानेपानी सरसफाई ताथ पेशागत स्वास्थ्य प्रवर्धन एवं व्यवस्थापकीय कार्य गर्ने ।

१२. जनसंख्या व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

१३. प्रदेश सरकारबाट तोकिएको कार्य गर्ने ।

१४. बहुक्षेत्रीय सहजिकरण सम्बन्धी कार्य गर्ने ।

१५. आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक, व्यवस्थापन) सम्बन्धी कार्य गर्ने